Logo

राजनीति

विपक्षी गठबन्धनका नेताहरु सिंहदरबारमा, सर्वोच्चबाट बाहिरिए माधव नेपाल 



राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धले सिंहदरबारमा हस्ताक्षर संकलन गरिरहेको छ । 
सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त छन् ।

यही समयमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल भने सर्वोच्चबाट बाहिरिएका छन् । केही समयअघि सर्वोच्च पुगेका नेता नेपाल बाहिरिएका हुन् । विपक्षी गठबन्धनले भौतिकरुपमा नै सबै उपस्थित भएर रिट दर्ता गराउने योजना बनाइरहेका बेला नेता नेपाल सर्वोच्चबाट एक्लै पुगेर एक्लै बाहिरिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

उनी के-का लागि एक्लै सर्वोच्च पुगे भन्‍ने खुलेको छैन । सर्वोच्चबाट बाहिरिएका नेपाल सिंहदरबारतर्फ लागेका हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि कारबाही गर्न स्पष्टिकरण सोधिएका माधव कुमार नेपाल नयाँ पार्टी खोल्‍ने योजनामा छन् । निर्वाचन आयोगमा उनी निकट एक नेताले नेपाल कम्युनिस्ट पार्टी (एकिकृत) दर्ताका लागि निवेदन दिएको खुलेपछि नेपालसँग नाम जोडिन थालेको छ । 

फाइल तस्बिर ।

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  १ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।