Logo

राजनीति

संसद् विघटनविरुद्धका ३० रिटको पेशी तोकियो, बिहीबार र शुक्रबार सुनुवाइ हुने 



काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दर्ता भएका ३० वटा रिट निवेदनको पेशी तोकिएको छ । सर्वोच्चमा सोमबार दर्ता भएका रिट निवेदनहरुको सुनुवाइ बिहीबार र शुक्रबार हुने सर्वोच्च अदालतले जनाएको छ । 

अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको पेशी १३ गते बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको पेशी १४ गते शुक्रबार लागि तोकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ३ को सरकारको नेतृत्वमा रहेकै समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु गरेकी थिइन् । उक्त प्रक्रिया अनुसार सरकार गठनका लागि विपक्षी गठबन्धनले बहुमत संख्या पुर्‍याउँदा पनि दाबीको आधार नपुगेको भन्दै खारेज गरेकी थिइन् । 

उनीले शनिबार मध्यरात नै संसद् विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरु उक्त कदमविरुद्ध उत्रिएका हुन् । उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएका छन् । 

सर्वोच्चमा  प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहनुपर्ने र निर्वाचन हुनुपर्ने माग गर्दै चारवटा रिट निवेदन दर्ता भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ११, २०७८ मंगलबार  ५ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।