Logo

राजनीति

नेकपाको सचिवालय बैठक बस्दै , ओलीलाई सकस !



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज ९शनिबार० बस्दै छ । सहमति विपरीत प्रधानमन्त्री केपी ओलीबाट धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि बैठक बोलाइएको हो ।

अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीमा पुनः बल्झिएको विवाद, विगतका सहमतिको कार्यान्वयन,पार्टी एकिकरणको बाँकी कामलाइ पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  १ : ३५ बजे