Logo

राजनीति

प्रधानमन्त्रीले राजीनामा नगरि अर्को सरकारको आह्वान गर्नु असंवैधानिक : नेपाल बार



नेपाल बार एशोसियशनले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानीक ठहर गराएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले गरेको विघटनको निर्णयलाई असंवैधानिक भन्दै बारले आपत्ति जनाएको हो।

‘नेपालको संविधानले निर्देशित गरेका प्रक्रिया अवलम्वन गरी संवैधानिक संकटको समाधान तथा निकास दिनु पर्नेमा सो प्रक्रिया नै पूरा नगरी संविधान विपरित प्रतिनिधिसभा विघटन गर्ने र निर्वाचनको मिति तोक्ने जेठ ८ गते मध्यरातको निर्णय प्रति नेपाल बार एशोसियशन गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा लेखिएको छ।

संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्य बोकेका राष्ट्रपतिबाट संसद विघटन गरी यस्तो महामारीको विषम परिस्थितिमा निर्वाचनको मिति घोषणा असंवैधानिक भएको बारको ठहर छ।

यस्तै बारले प्रधानमन्त्री ओलीले राजीनामा नगरी अर्को सरकार गठनका लागि आह्वान गर्नु नै असंवैधानिक भनेको छ।

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  २ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।