Logo

राजनीति

जसपाका दुई अध्यक्षबीच कारबाही जुहारी – महन्थले उपेन्द्रलाई सोधे फेरि स्पष्टिकरण



जनता समाजवादी पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच स्पष्टीकरणको जुहारी चलेको छ ।

पार्टी अध्यक्ष यादवले पार्टीको विधान धारा ४९ बमोजिम अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेलगत्तै अर्को अध्यक्ष ठाकुरले पनि यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन् । 

अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको, पार्टीको निर्णयविना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरू लेखेको, ८ बुँदे सहमतिका पालना नगरेको आरोप लगाउँदै स्पष्टीकरण सोधेका थिए । 

यस्तै, विधान नबनेको अवस्थामा राजेन्द्र महतो संसदीय दलको नेता घोषणा गरेको, पार्टीको निर्णयविना सरकारसँग कार्यदल बनाइ वार्ता गरेको विषयमा तीन दिनभित्र स्पष्ट जवाफ पेश गर्न भनिएको थियो । चित्त बुझ्दो जवाफ नआए कारबाही गर्नसक्ने चेतावनी समेत स्पष्टिकरण सोधिएको पत्रमा उल्लेख थियो ।

त्यसलगत्तै अर्को अध्यक्ष ठाकुरले पनि आफूलाई कुनै जानकारी नदिइ अनाधिकृत रूपमा पार्टीको कार्यकारणी समितिको बैठक बसेर लुम्बिनी प्रदेशका ४ जना सांसदको कारबाही, सरकारसँग वार्ता गरी पार्टीका एजेण्डा पूरा गराउँदा के कारणले ठेस पुग्यो भन्दै स्ष्टीरकरण सोधेका हुन् । 

यस्तै ठाकुरले संसदीय दलको निर्णयविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा किन हस्ताक्षर गरेको भन्दै ३ तीन दिनभित्र जवाफ पार्टी कार्यालयमा पठाउन आग्रह गर्दै स्पष्टीकरण सोधेका छन् । 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।