Logo

राजनीति

अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख रुपैयाँ सहयोग



वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट एक लाख रुपैयाँ सहयोग गरेका छन् ।  

अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उनले अस्पताललाई आफ्नातर्फबाट एक लाख रुपैयाँ उपलब्ध गराएका  उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए । 

अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा. अतुल भारद्वाजले बताए । उनले भने, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, मन्त्रीज्यूले अक्सिजन किन्न व्यक्तिगतरुपमा रकम उपलब्ध गराएपछि अब सहज हुने छ ।”

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ५ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।