Logo

राजनीति

टेलिफोन संवादलगत्तै नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा 



चिनियाँ राष्ट्रपति सी चिनपिङले नेपाललाई कोरोनाविरुद्धको १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार चिनियाँ समकक्षी सीसँग कुरा गरेलगत्तै १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको नेपालस्थिति चिनयाँ राजदूत होउ यान्छीले जानकारी गराएकी छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार दिउँसो करिब ४५ मिनेट टेलिफोन वार्तामा चिनियाँ समकक्षीले सो खोप उपलब्ध गराउने जानकारी गराएका हुन्।

नपालका लागि चिनियाँ राजदूत यान्छीले ट्विट गर्दै भनेकी छन्, “आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिपिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् ।” 

यसअघि चीनले नेपाललाई अनुदानमा आठ लाख डोज खोप उपलब्ध गराएको थियो । दोस्रो चरणको कोभिड महामारी सुरु भएपछि अक्सिजन सिलिन्डरसहित विभिन्‍न सामग्रीहरु पठाएको सहयोग गरेको छ ।

भारतीय समकक्षीलाई पत्र पठाएकी राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षीसँग ४५ मिनेट टेलिफोन संवाद

खोप उपलब्ध गराइदिन आग्रह गर्दै भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीको पत्र 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ६ : २० बजे