कोरोनाविरुद्ध कांग्रेसः काठमाडौं क्षेत्र नम्बर ४ मा निःशुल्क एम्बुलेन्स, आइसोलेसन र उपचार
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौ क्षेत्र नम्बर ४ कमिटीले उक्त मा ऐंचोपैंचो कार्यक्रम सञ्चालनमा ल्याएको छ । जसमा निःशुल्क रूपमा एम्बुलेन्स, आइसोलेसन र उपचार उपलब्ध गराउने भएको छ ।
कोरोना संक्रमणको समयमा सरकारको कार्यसम्पादन फितलो भएको भन्दै कांग्रेसले यस्तो कार्यक्रम ल्याएको बताएको छ ।
उक्त कार्यक्रमका लागि नेपाली काँग्रेसका नेता तथा पूर्व स्वस्थ्य मन्त्री गगन थापा र सांसद दिव्यमणि राजभण्डारी बाट १ १ लाख रुपैयाँ, ने.का महाधिवेशन प्रतिनिधि साधुराम खड्काबाट १५ हजार, तरुण दल नेता सरिना घिमिरेबाट २० हजार सहयोग उपलब्ध भएको आयोजक कमिटीले जानकारी दिएको छ ।
उक्त ऐंचोपैंचो कार्यक्रमका लागि पिपिई सेट, स्यानिटाइजर, फेस शिल्ड, ग्लबस समेत उपलब्ध भएको छ ।
प्रतिक्रिया