Logo

राजनीति

सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने चिन्ता छ : गगन थापा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद गगनकुमार थापाले सरकारलाई जनताको कुनै चिन्ता नभएको टिप्पणी गरेका छन् । उनले २० दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै तर वर्तमान सरकार मस्त निद्रामा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत सांसद थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,‘२० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

सरकार मस्त निद्रामा छ।सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर!  सहमतिको पालना गर!” 

Gagan.png

 

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  १ : ५० बजे