एमाले युवा नेता गाेकर्ण विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितलाई पार्टीकाे साधारण सदस्यबाट पनि निस्काशन गरेपछि एमाले फुटकाे औपचारिक डिलमा पुगिसकेकाे छ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने नेपाल पक्षकाे निर्णयमा साथ नदिएका विष्टले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्,’नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ।’
विष्टसहित अर्का नेता याेगेश भट्टराई बुधबार मात्र नेपाल पक्षमा फर्किसकेका छन्। ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ,’ उनले लेखेका छन्।
प्रतिक्रिया