Logo

राजनीति

सरकारमाथि लेखक संग्राैलाकाे टिप्पणी : चुनावमा खाेलाे बगाउन पैसाे छ, तर खाेप माग्न हात पसारिराख्या छ



लेखक खगेन्द्र संग्राैलाले चुनावमा राज्यकाेषकाे खाेलाे बगाउन खाेजिएकाे आराेप लगाएका छन्।

सरकारले काेराेना कहरमा चुनावकाे तयारी गरिरहेका बेला लेखक संग्राैलाले ट्वीट गर्दै भनेका छन्, ‘सरकारसँग बेमाैसमकाे जनमारा चुनावमा खाेलाे बगाउन राज्यकाेषकाे अकूत पैसाे छ। तर,याे नाथे जीवनरक्षक खाेप माग्न ङिच्च हाँस्दै संसारभरि हात पसारिराख्या छ। भीख मागेर अलिकता खाेप हात लाग्दा कत्ति न ठूलाे पराक्रम गरेझैँ यत्राे डङ्क नपिटे हुन्थ्याे। लाज पचिनसकेका नागरिकहरूलाई दिगमिग लाग्छ!’

जेठ ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक र मंसिरमा चुनाव घाेषणा गरिसकिएकाे छ। यद्यपि याे निर्णय खारेजीकाे माग गर्दै सर्वाेच्च अदालतमा रिट परेका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ८ : ४७ बजे