Logo

राजनीति

संसद विघटनविरुद्ध सभामुख: आज संविधानविद् र कानुन व्यवसायीसँग परामर्श



प्रतिनिधिसभा विघटन असंवैधानिक र अलाेकतान्त्रिक भनेका सभामुख अग्निप्रसाद सापकोटा कानुनी परामर्शमा छन्। 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटा विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका थिए।

त्यसयता औपचारिक र अनाैपचारिक रुपमा परामर्शमा रहेका सापकाेटाले बिहीबार दिउँसाे संविधानविद् र कानुन व्यवसायीसँग छलफल गर्दैछन्। सभामुख सापकाेटाका प्रेस सल्लाहकार श्रीधर न्याैपानेका अनुसार दिउँसो १ बजे संसद भवन बानेश्वरमा छलफल हुनेछ।

सापकाेटाले जेठ ११ गते पूर्वसभामुखसँग पनि परामर्श गरेका थिए। छलफलमा संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङ भने सहभागी थिएनन्।

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  १० : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।