काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका सबै मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासबाट हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलास बिहीबार भएको सुनुवाइ पछि सबै मुद्दाको सुनुवाई संवैधानिक इजलासमा गर्ने आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी किशोर पौडेलले जानकारी दिए ।
उनले भने ‘आजको नियमित एकल इजलासमा प्रतिनिघि सभा सम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको छ ।’
उक्त १९ वटा मुद्दामा अन्तरिम आदेशको माग गरिए पनि सर्वोचद्धारा अस्वीकार गरिएको अधिवक्ता कृतिनाथ शर्मा पौडेलले जानकारी दिए । अनलाइनपानासँगको कुराकानीमा उनले भने ‘चुनावको तयारी सम्बन्धी सम्पूर्ण कार्य रोक्न निर्वाचन आयोगलाई समेत पत्राचार गर्न भन्दै अन्तरिम आदेशको माग गरिएको थियो । सर्वोच्चले त्यसलाई अस्वीकार गर्दै संवैधानिक इजलासमा सुनवाइ गर्ने आदेश दिएको छ ।’





















प्रतिक्रिया