नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका पार्टीबाट प्रतिनिधित्व गर्ने तीन जना मन्त्रीसँग स्पष्टिकरण माग गरेको छ । प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टिकरण माग गरेको हो ।
प्रदेश कमिटीको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले बिहीवार तीनै जना मन्त्रीले सरकारमा रहेर पार्टी विरोधी गतिविधि गरेको पदको दुरप्रयोग गरेको , पार्टीका सासद र अन्य कार्यकर्तालाई पार्टी विरुद्ध आरोप लगाउदै स्पष्टिकरण माग गरेका हुन् ।
सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई स्पष्टिकरण सोधिएको हो ।
यसअघि पार्टीको स्थायी कमिटी बैठकको निर्देशनबमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो ।
यस्तै बुधबार नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले पार्टी केन्द्रको निर्णय अस्वीकार गर्ने बताएको थियो । एमालेले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।
एमालेको सोमबार बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेशमा बुधबार बसेको संसदीय दलको बैठकले केन्द्रको विपक्षमा निर्णय गरेको थियो ।
अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेका थिए ।






















प्रतिक्रिया