Logo

राजनीति

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन पेश भएको छ । निर्वाचन आयोगले बिहिबार प्रतिबेदन पेश गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा खिमलाल देवकोटा विजयी भएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : ५१ बजे