Logo

राजनीति

इजरायलविरुद्ध यूएनमा अहम प्रस्ताव पास



संयुक्त राष्ट्र शीर्ष मानवाधिकार संस्थाले गाजालाई लिएर इसराइल र चरमपन्थी संगठन हमासबीच ११  दिनसम्म चलेकाे हिंस्रक संघर्षकाे जाँच ‘युद्ध अपराध’ काे हिसावले गर्ने भएकाे छ। यूएनएचआरसी अर्थात संयुक्त राष्ट्र मानवाधिकार परिषदमा याे प्रस्ताव प्रस्ताव २४-९ मतले पास भएकाे हाे। 

याे मतदानमा १४ देश सहभागी भएनन्। याे शत्रमा अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशनका सदस्य देश एकजुट रहे।

युद्धविराम भन्दा अगाडि ११ दिनसम्म चलेकाे हिंस्रक संघर्षमा गाजामा २४८ जनाकाे ज्यान गएकाे थियाे। जसमा ६६ बच्चा र ३९ महिला थिए।इसराइलमा पनि १२ जनाकाे ज्यान गएकाे थियाे। हमासकाे रकेट आक्रमणलाई जवाफ दिएकाे इसराइलकाे दाबी छ।

यूएनएचआरसीकाे प्रस्तावमा इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले कडा प्रतिक्रिया दिएका छन्।  ‘यूएनएचआरसीमा लिइएकाे फैसला एक अर्काे उदाहरण हाे कि संयुक्त राष्ट्रकाे याे संस्था कसरी इजरायल विरोधी मानसिकतामा ग्रस्त छ,’ उनले भने।

संयुक्त राष्ट्रकाे याे मानवाधिकार काउन्सिलमा गाजा, इजरायल र वेस्ट बैंकमा अधिकार उल्लंघनबारे जाँच गरेर एक रिपाेर्ट तयार गर्नेछ। बिबिसीकाे सहयाेगमा

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ९ : १६ बजे