Logo

राजनीति

राष्ट्रिय सभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले गरे शपथ ग्रहण 



राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका डा. खिमलाल देवकोटाले शपथ ग्रहण गरेका छन् । वाग्म‍ती प्रदेशमा जेठ ६ गते भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा विजयी भएका देवकोटालाई शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्लसिनाले शपथ ग्रहण गराएका हुन् । 

देवकोटाले नेकपा एमालेका आधिकारिक उम्मेद्वार तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका थिए । गृहमन्त्री बादललाई पराजित गरिसकेपछि उनले वागमती प्रदेशको ‘कलम’को विजय संविधान, कानुन, विधी र पद्धति मिच्‍ने र भत्काउने विरुद्ध भएको टिप्पणी गरेका थिए । मतदानका क्रममा उनको चुनाव चिह्न कलम राखिएको थियो ।

उनलाई विपक्षी गठबन्धले साझा उम्मेदवारका रुपमा उभ्याएकोले पनि उनको जित सुनिश्‍चित भएको हो । 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  २ : ४५ बजे