नेकपा एमाले सुदरपश्चिम प्रदेशको विवाद थप बढ्दै गएको छ । नेकपा एमाले प्रदेश कमिटीले बिहीबार २४ घण्टाभित्र किन कारबाही नगर्ने ? जवाफ दिनु भनि तीन जना मन्त्रीलाई स्पष्टिकरण सोधिएको थियो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहेका नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य कृष्णराज सुवेदीले उक्त स्पष्टिकरणको जवाफ पठाएका छन् । उनले पठाएको जवाफमा स्पष्टिकरण पत्रको आधिकारितामाथि प्रश्न उठाएका छन् । उनले आफूलाई आएको पत्रमा उल्लेख भएका प्रदेश अध्यक्ष र सचिवको आधिकारितामाथि नै प्रश्न उठेको जनाएका छन् ।
उनले भनेका छन्, “२०७५ जेठ पूर्वको स्थितिमा सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्ष र सचिवको कुनै व्यवस्था नभइ क. कर्णबहादुर थापा सहसंयोजकको रुपमा रहनुभउको तथ्यको स्मरण गराउँदै पत्रमा फरक पदीय हैसियत उल्लेख गरिनु पार्टी विधानसम्मत रहेको देखिएन । अत: नेकपा एमालेको हुँदै नभएको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र सचिवको नाममा प्रेसित पत्रको आधिकारिताकमा नै प्रश्न चिह्न लाग्न कुरा स्वयं स्पष्ट छ ।”
उनले यस विषम परिस्थितिमा सरकारबाट बाहिरिनु जनतामाथिको धोका हुने भएकोले नेकपा एमाले सुदूरपश्चिमको संसदीय दलको बैठक अनुसार नै आफूले काम गरिरहेकोसमेत उल्लेख गरेका छन् ।
























प्रतिक्रिया