नेपाल विद्यार्थी संघ कास्कीले अक्सिज अभावमा कोरोना भाइरस संक्रमितकले ज्यान गुमाएकाहरुको मृत्यु नभएर हत्या भएको जनाएको छ । नेविसंघ कास्कीका निर्वतमान सभापति विकास थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा सरकार जिम्मेवारीबाट पन्छिँदा कोरोना संक्रमितको हत्या भएको जनाएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार राति एक सुत्केरीसहित ६ कोरोना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको हो । उक्त घटनाको नेविसंघ कास्कीले सरकारको गैरजिम्मेवारपूर्ण गतिविधिको निन्दा गरेको छ ।
प्रदेश सरकारले अक्ससजन अभाव हुन नदिने र अक्सिजन पर्याप्त भएको जिकिर गरिरहेका बेला प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावका कारण मृत्यु हुनु सरकारको गैरजिम्मेवारी रहेको जनाएको छ । कोरोना संक्रमितको ‘हत्यारा’ सरकार भएको नेविसंघले जनाएको छ ।
विज्ञप्तीमा आगामी दिनमा जनताको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न गण्डकी प्रदेश सरकार र अस्पताल प्रशासनलाई आग्रह पनि गरेको छ । अक्सिजन उत्पादन गर्ने उद्योगमा निरन्तर बत्ति आउने जाने भएका कारण अक्सिजन उत्पादन कम भएर अक्सिजनको समस्या हुनु दु:खद भएको भन्दौ थापाले स्वास्थ्यजस्तो गम्भीर क्षेत्रमा खेलाँची नगर्न मुख्यमन्त्रीलाई चेतावनी दिएका छन् ।
थापाले विज्ञप्ती मार्फत मुख्यमन्त्रीले स्वास्थ्य मापदण्ड मिचेको समेत आरोप लगाएका छन् ।

















प्रतिक्रिया