Logo

राजनीति

जंगी अड्डामा गणतन्त्र दिवस, राष्ट्रपति सरिक



नेपाली जनताको बलिदानीबाट प्राप्त गणतनत्र दिवस चौधौं वर्षमा आईपुग्दा सेनाको मुख्यालयमा मनाइएको छ । कोरोना महामारीको कारण देखाउँदै यस वर्षको गणतन्त्र दिवस सैनिक मुख्यालय भद्रकालीमा मनाईएको हो । 

हिजोसम्म टुडिखेलमा हुने भनिएको गणतन्त्र दिवसको कार्यक्रम रातारात सारेर संनिक मुख्यालमा गएिको छ । सँधैका वर्षहरुमा गणतन्त्र दिवसको कार्यक्रम टुँडिखेलको सैनिक मन्चमा यससम्बन्धी झाँकीसहितको भव्य कार्यक्रम हुने गथ्र्यो । आजको समारोहमा भाग लिन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अति विशिष्ट ब्यक्तिहरु जङ्गी अड्डामा गएका छन् । 

महामारीको कारण नै कार्यक्रम टुडिखेलमा गर्न नसकिएको भए राष्ट्रपति कार्यालयकै प्रांगणमा गर्न सकिन्थ्यो भन्दै सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणीहरु गर्न थालिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरिएपछिको गणतन्त्र दिवस सैनिक मुख्यालयमा मनाउनु संयोग मात्रै हो कि अरु कुनै हो भन्ने आशंका सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न थालेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ०९:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।