१४ औं गणतन्त्र दिवस मनाइँदरहँदा मुलुक अहिले राजनीतिक संकट निम्तिएको छ । गणतन्त्रका लागि नेकपा एमालेबाट सडक आन्दोलनमा होमिएका नेता भीम रावललाई अहिले पार्टीबाट नै निष्कासन गरिएको छ । यही अवस्थामा उनले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै कविता लेखेका छन् । ट्विटरमा कविता शेयर गर्दै भनेका छन्, “गणतन्त्र दिवसले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृध्दिका तगारा हटाउने काममा लाग्न सबैलाई प्रेरित गरोस् । हार्दिक शुभकामना ! मनपरीतन्त्र, निरंकुशतन्त्र, विधेयकतन्त्र, लम्पसारतन्त्र, कमिशनतन्त्र र राष्ट्रघाततन्त्रबाट देशले मुक्ति पाओस् ।
नेता रावलको कविता :
राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ !
अस्त र व्यस्त समाजै त्रस्त रमाउँछौ यसैमा
बेथिति अति बिगारेउ मति संकट ल्याइ यो देशमा,
भय र त्रास फैलाई यहाँ सबैलाई तर्साउँछौ
न्यायका हकी देशभक्तमाथि शब्दवाण वर्षाउँछौ ।
षड्यन्त्र जाल बुनिन्छन तिम्रा सामन्त साथमा
अधिकार छिन्छौ विधिलाई मिच्छौ अँधेरी रातमा,
अतृप्त तिम्रो सत्ताको भोक कहिले हो मेटिने
स्वाधीनतासंगै स्वाभिमान भन्ने कहाँ हो भेटिने ?
विधि र विधान नैतिकता तिमीले के साह्रो मिचेको
कुर्सीको खेलमा स्वार्थको झेलमा चुर्लुम्मै डुबेको,
नक्कली कुरा फैलाई सधैं नठान टिकिन्छ
जनाधिकार मास्ने, राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ ।
जेठ १५, २०७८ ।





















प्रतिक्रिया