Logo

राजनीति

राष्ट्रपतिद्वारा अध्यादेशमार्फत बजेट ल्याउन स्वीकृति



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमार्फत बजेट ल्याउन स्वीकृति दिएकी छिन् ।

यस अघि शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

यससँगै शनिवार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भनाइ छ । तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला चौतर्फी दबाब दिइरहेका छन् । 

सरकारले दबाबका बिच अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।

 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ३ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।