Logo

राजनीति

संसद् भवनबाट र्सावजनिक हुनु पर्ने बजेट सिंहदरबारबाट सुरु (लाइभ)



 

राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमार्फत बजेट ल्याउन स्वीकृति दिएसँगै अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण सुरु गरेका छन् । 

यस अघि शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट सार्वजनिक गर्न लागिएको हो । तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला चौतर्फी दबाब पनि थियो । 

सरकारले विभिन्न दबाबका बिच अध्यादेशबाट ल्याइने कामचलाउ भन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : ०१ बजे