Logo

राजनीति

राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि १० अर्ब, १५ सय सामुदायिक विद्यालय निर्माण गरिने



अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्ने क्रममा उनले औद्योगिक पूर्वाधार निर्माणका लागि२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको बताए । १५ सय सामुदायिक विद्यालय तथा क्याम्पसको निमार्ण सुरु गरिने पनि उनले बताए । 

शिक्षातर्फ राष्ट्रपति शैक्षिक कार्यक्रमका लागि १० अर्ब विनियोजन गरिएको छ भने प्रत्यक प्रदेशमा एक विशेष विद्यालयको स्थापना गरिने बजेट भाषण मार्फत बताए । त्यस्तै हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गरिने योजना रहेको उल्लेख गरे । 

अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।
 
 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ३७ बजे