हुलाकी राजमार्ग आगामी आर्थिक वर्षमा सकिने गरि ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको छ भने पूर्व पश्चिम राजमार्ग र पुष्पलाल राजमार्ग ४ लेनको बनाइने छ ।
पुल निर्माणतर्फ ११ अर्ब १९ करोड रुपैयाँ विनियोजन भएको छ भने कलंकदेखि महारनजगञ्जसम्म चक्रपथ विस्तार गरिने बताएका छन् । त्यस्तै चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
चक्रपथको ग्वार्को, एकान्तकुना, सातदोबाटो फ्लाइओभर निर्माण गरिने समेत उनले बताए ।
साझाबस अन्तर्गत एक सय विद्युतीय बस सञ्चालनमा ल्याइने छ भने तिनकुने जडिबुटी सुरुङ्ग मार्गकोलागि १ अर्ब ८० करोड छुटइएको बताए ।
रेलमार्गको लागि १० अर्ब ३ करोड छुटइएको छ भने भौतिक पुर्वाधार तथा विकासका लागि १ खर्ब ६३ अर्ब ३७ करोड रकम विनियोजन गरिएको छ ।
प्रतिक्रिया