Logo

राजनीति

पत्रकारलाई निःशुल्क उपचार सुविधा, ७ लाखसम्मको दुर्घटना बिमा



आगामी साउन एक गते देखी पत्रकार महासंघको सदस्य भएका पत्रकारहरूलाई सरकारले निःशुल्क उपचार सुविधा उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेले महासंघको सदस्य भएका पत्रकारहरूलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा देशभित्रका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउने बताएका छन् ।

त्यस्तै श्रमजीवी पत्रकारहरूको लागी ७ लाखसम्मको दुर्घटना बिमा उपलब्ध गराउने र उक्त रकम सरकारले बेहोर्ने मन्त्री पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ६ : २३ बजे