Logo

राजनीति

राष्ट्र सेवकको भत्तामा दुई हजारको वृद्धि, प्रहरीको रासन १५ प्रतिशतले बढ्यो



फोहोर व्यवस्थापनका लागि बञ्चरे डाँडामा फर्निस प्लान्ट स्थापना गरिने अर्थमन्त्रीले बजेट भाषणमार्फत बताएका छन् । 

काठमाडौंका नदिहरुको सौन्दर्यकरणका लागि ३ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ भने शहरी विकास मन्त्रालयको लागि ४१ खर्ब २० करोड विनियोजन भएको छ । 

झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब ५ करोड विनियोजन भएको छ भने संघिय व्यवस्था मन्त्रालयको लागि २० अर्ब ८३ करोड छुटइएको छ । 

मन्त्री पौडेलले सबै स्थानीय तहमा फोर जीको पहुँच पुर्याइने बताएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गरिएको छ भने आगामी वर्षबाट विद्युतीय भिसा जारी गरिने बताएका छन् । कारागारलाई सुधारगृहमा परिर्वतन गरिने छ पनि बताए । 

आगामी वर्ष ७० लाख व्यक्तिलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने छ । त्यस्तै राष्ट्र सेवकको भत्ता दुई हजार पुर्याइएको छ । 
 

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।