विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आगामी आर्थिक वर्षको बजेट फोकस-हीन र ऋणभारयुक्त बजेट आएको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको बजेटमाथि टिप्पणी गर्दै संयोजक मिश्रले अत्यधिक ऋणभारयुक्त बजेट आएको टिप्पणी गरेका हुन् ।
उनले ट्विटरमार्फत भनेका छन्, “बजेट लोकप्रियतावादी, वितरणमुखी, ‘फोकस-हीन’, अत्यधिक ऋणभारयुक्त छ । भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना बजेटले न त तोकिएका लक्ष्यहरू हासिल गर्न सक्छ न त भ्रष्टाचारहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन ।”
प्रतिक्रिया