काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम फेर्न खोजेको भन्दै नेकपा एमालेका नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् ।
आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विमानस्थलको नाम रवीन्द्र अधिकारीको नामबाट राख्ने बताएपछि नेता भट्टराईले यसको विरोध गरेका हुन् ।
पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले पनि यसको खण्डन गर्दै ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यका, सान्दर्भिकता र परिणामबारे छलफल गर्नुपर्ने टिप्पणी गरेका छन् ।
स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्शविना आफूखुसी गर्न नहुने भट्टराईको भनाइ छ ।
“असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अन्यथा बरबाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।”
फाइल तस्बिर ।















प्रतिक्रिया