विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरि सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।
अध्यादेशबाट बजेट ल्याएको विरोध गर्दै विपक्षी गठबन्धनले संविधान र व्यवस्थाको रक्षाका लागि राजनीतिक लडाइँको तयारी गर्ने निष्कर्ष निकालेको हो ।
सरकारले अध्यादेश मार्फत पूर्ण बजेट ल्याए संविधान मिच्ने काम गरेको ठहर गर्दै विपक्षी गठबन्धनले संयुक्त विज्ञप्ति निकालेका छ । संयुक्त विज्ञप्तिमा भनिएको छ,
रणनीति बनाउन देउवा निवासमा पाँच दलका शीर्ष देश कोरोनम महामारीले आक्रान्त भइरहृका कठिन स्थितिको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गनेए काम एक पछि आर्को गरि भइरहेका छन् । सरकारको संरक्षणमा भ्रष्टाचार र कमीसनखोरी बढ्दो छ र रज्य संयत्रको स्वच्छाचारी बढ्दो छ । गठबन्धले संविधान र लोकतन्त्रका लागि सशक्त रुपमा आवाज उठायन समेत आवहन गरेको छ ।
बैठकमा कांग्रेसबाट सभापति देउवा तथा नेताहरू रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्कीलगायत, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेताहरु कृष्णबहादुर महरा, देव गुरुङलगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई सहभागी थिए । साथै नेकपा एमालेले कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल पनि बैठकमा सहभागी थिए ।

फाइल तस्बिर ।





















प्रतिक्रिया