काठमाडौं- जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको टिप्पणी गरेका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले बजेटबारे सामाजिक सजांलमा ट्वीटरमार्फत प्रतिक्रिया दिँदै यस्तो भनेका हुन् ।
‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन,’ उनले भने, ‘सिधासादा मतदातालाई ललिपप बाँडेको देखियो ।’
पपुलिज्मममा पनि कुनै सिर्जनात्मकता नदेखिएका भट्टराईले बताए । ‘बजेटमा उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !,’ उनले भनेका छन् ।
















प्रतिक्रिया