Logo

राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै, नेताहरुलाई कारबाहीबारे छलफल हुने



नेकपा (एमाले) ले स्थायी कमिटी बैठक आज डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ः०० बजे बैठक डाकिएको हो ।

बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पार्टी विवाद र स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीबारे छलफल हुने भएको छ ।

यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो भने उपमहासचिव घनश्याम भुसालसहित थप १२ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १३:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।