Logo

राजनीति

एमाले स्थायी कमिटी बैठक आज



सत्तासीन नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दैछ। बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेले यसअघि आइबार साँझ ५ बजे बैठक बाेलाएकाे थियाे। तर अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएकाे थियाे।

बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाही गर्ने नेताहरुले बताएका छन्।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०८:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।