लुम्बिनी प्रदेशमा रिक्त एक जना राष्ट्रियसभा सदस्यको लागि भई रहेको मतदान अन्तिममा पुगेको छ । सोमबार सार्वजनिक पछिल्लो परिणामले यस्तो देखाएको हो ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रदेशसभा तर्फ ८३ र र स्थानीय तहतर्फको २०९ गरी २९२ मत खसिसकेको छ । लुम्बिनी प्रदेशमा जम्मा ३०० जना मतदाता रहेका छन् । एक प्रदेश सदस्य बराबर मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ ।
लुम्बिनी प्रदेशसभामा ८३ सदस्य रहेका छन् भने २१७ जनप्रतिनिधि छन् । यसरी हेर्दा लुम्बिनी प्रदेशमा प्रदेशसभामा प्रदेशसभा सदस्यहरुको कुल मतभार तीन हजार नौ सय चौरासी हुन आउछ भने जनप्रतिनिधिको कुल मतभार तीन हजार नौ सय ५ गरी जम्मा मतभार सात हजार आठ सय नब्बे हुन्छ
तत्कालीन निर्वाचनमा माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी चन्द्र बहादुर खड्का एमालेमा गएपछि माओवादीले कारवाही गरेर राष्ट्रियसभाको एक पद रिक्त भएको थियो । एमालेले उनै खड्कालाई उम्मेदवारको रुपमा उठाएको छ भने विपक्षी गठवन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार बनेका छन् ।






















प्रतिक्रिया