Logo

राजनीति

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन सकियो, नतिजा आउन बाँकी



रिक्त एक सदस्य पदका लागि भएको लुम्बिनी प्रदेशको उपनिर्वाचनमा मतदान समाप्त भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । अब केही बेरमा मतगणना सुरु गर्ने बुझिएको छ ।

यस प्रदेशमा जम्मा ३०० जना मतदाता रहेकामा २९७ मत खसेको छ । एक प्रदेश सदस्य बराबर मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुन्छ । 

लुम्बिनी प्रदेशसभामा ८३ सदस्य रहेका छन् भने २१७ जनप्रतिनिधि छन् । यसरी हेर्दा लुम्बिनी प्रदेशमा प्रदेशसभामा प्रदेशसभा सदस्यहरुको कुल मतभार तीन हजार नौ सय चौरासी हुन आउछ भने जनप्रतिनिधिको कुल मतभार तीन हजार नौ सय ५ गरी जम्मा मतभार सात हजार आठ सय नब्बे हुन्छ

तत्कालीन निर्वाचनमा माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी चन्द्र बहादुर खड्का एमालेमा गएपछि माओवादीले कारवाही गरेर राष्ट्रियसभाको एक पद रिक्त भएको थियो । एमालेले उनै खड्कालाई उम्मेदवारको रुपमा उठाएको छ भने विपक्षी गठवन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार बनेका छन् । 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।