Logo

राजनीति

राष्ट्रियसभा उपनिर्वाचनको मतपरिणाम : कांग्रेस उम्मेद्वारको अग्रता, एमाले उम्मेद्वारको ९३ मत



लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभाको एक पदका लागि सोमबार भएको निर्वाचनको मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार दृगनागरायण पाण्डेले अग्रता कायम गरेका छन् । 

हालसम्म स्थानीय तहतर्फ २१२ मत गन्दा एक मत बदर भएको छ । कांग्रेसका उम्मेदवार पाण्डेयको ११८द मत छ भने एमाले उम्मेद्वारा चन्द्रबहादुर खड्काको पक्षमा ९३ मत परेको छ । जसअनुसार काँग्रेसका उम्मेदवारले २१२४ मत भार पाएका छन् भने एमालेका उम्मेदवारले १६७४ मत भार पाएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।