Logo

राजनीति

लुम्बिनीमा पनि एमालेलाई झट्का,  राष्ट्रिय सभामा कांग्रेसका पाण्डे विजयी 



लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभाको एक पदका लागि सोमबार भएको निर्वाचनको नेपाली कांग्रेसका उम्मेद्वार दृगनागराण पाण्डे विजयी भएका छन् । 

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । यसअघि जेठ ६ मा गमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । 

एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए । यससँगै उपनिर्वाचनबाट एमालेलाई नराम्ररी झट्का लागेको छ । 

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन्  । पाण्डेको ४१४० मतभार ३६१२ मतभार रहेको छ । पाण्डे नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबाट उमेदवार बनेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।