Logo

राजनीति

जसपाबाट मन्त्री को को ? ठाकुरले थाले छलफल



जनता समाजवादी पार्टीको महल्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने पक्कापक्की भएसँगै अध्यक्ष महन्थ ठाकुरले पार्टीमा आन्तरिक छलफल थालेका छन् । अध्यक्ष ठाकुरले कुन कुन नेतालाई मनत्री बनाउने भनेर छलफल थालेका हुन् । 

सोमबारप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा लसपाले लिने मन्त्रालयको संख्यामा लगभग सहमति भएपछि आन्तरिक छलफल गरेर मंगलबार नाम बुझाउने ठाकुरले बताएका थिए । सोही बमोजिम ठाकुरले पार्टीमा आन्तरिक छलफल चलाएका छन् । 

जसपाको माग बमोजिम आठ मन्त्री र दुई राज्यमन्त्री दिन प्रधानमन्त्री ओली तयार भएको श्रोत बताउछ । 

सरकारमा जाने तय भएसँगै जसपा नेपालमा मन्त्रीका आकांक्षी बढेको छ । जसले नाम चयन गर्न सकस भएको छ । पार्टीका शीर्ष नेताहरु नै सरकारमा जाने इच्छा देखाएका छन् । वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवलगायतका शीर्ष नेता मन्त्रीको आकांक्षी भएपछि अन्य नेताहरुलाई चित्त बुझाउन अध्यक्ष ठाकुरलाई समस्या भइरहेको छ । त्यस्तै उपेन्द्र यादवको पक्षबाट आएका विमल श्रीवास्तव, उमाशंकर अरगरियालाई पनि मन्त्री बनाउने लगभग निश्चित छ । यादव पक्षबाट आएकी रुही नाज, रेणु गुरुङ र कलुदेवी विश्वकर्माले पनि मन्त्रीका लागि पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् ।

आज मन्त्रीको नाम तय भए भोलि नै सरकारमा सहभागी हुने जसपाको तयारी रहेको छ । आजको छलफलमा प्रधानमन्त्री ओलीले पनि सरकारका आउन ढिला गर्न नहुने सुझाव दिएका थिए । पार्टीभित्रको समस्या समाधान गर्नमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता ओलीले जनाएका छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निस्कासन गर्ने तयारीमा रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०८:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।