Logo

राजनीति

युवा संघकाे अध्यक्षमा पाैडेल



 नेकपा  एमाले भातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन्।  

संघको भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हाे।

संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको महासचिव रमेश आचार्यले जानकारी  दिए। युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ।

केन्द्रीय कमिटी यथावत रहेको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।