काठमाडौं । न्यायाधीशका विषयमा विवाद भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका रिटको सुनुवाइ पाँच दिनका स्थगित भएको छ । उक्त रिटको सुनुवाइ अब जेठ २३ गतेदेखि हुने भएको हो । मंगलबार संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिए पनि न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने-नरहने विवाद कारण सुनुवाइ २३ गतेका लागि सारिएको हो ।
न्यायाधीशद्वय इजालासबाट नबाहिरिने भएपछि न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराई अलग भएका छन् ।
संवैधानिक इजलासमा कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भएकाले आफू इजलासबाट अलग हुने बताएका छन् ।
मंगलबार इजलासमा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब इजलास विषयको विषयमा विवाद नगर्न आग्रह गरेका छन् । मंगबार नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठ न्यायाधीश सम्मित संवैधान इजलास गठन गर्ने सहमति भएको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक संसद् विघटन गरेपछि विपक्षी गठबन्धनसहित सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् ।
प्रतिक्रिया