Logo

राजनीति

लकडाउन थप्ने विषयमा बसेको सीडीओहरूको बैठक निष्कर्षबिहीन, अब के होला ?



काठमाडौं । काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओहरूको बैठक निष्कर्ष विहीन रूपमा टुंगिएको छ ।

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुली, भक्तपुरका सिडिओ  प्रेम प्रसाद भट्टराई र ललितपुरका सीडीओ  ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइए पनि आज कुनै निर्णय हुन नसकेको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

उनले अनलाइनपनालाई भने ‘आज निषेधाज्ञाको विषयमा कुनै निर्णय हुन सकेन । भोलि बिहान गर्ने सल्लाह भएको छ । भोलिको निर्णय जे आउँछ आगामी २१ गतेबाट लागु हुनेछ ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १७:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।