काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाकीले राष्ट्रपतिको अधिकार संविधानले सिमित गरेकाले त्यसको मर्यादा कायम गर्नुपर्ने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोपका लागि आग्रह गर्दै विदेशी मुलुक गुहारेकोप्रति लक्षित गर्दै उक्त टिप्पणी गरेकी हुन् ।
‘राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक हो । उसका सम्पूर्ण कामलाई संविधानले सिमित गरेको छ । लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन । त्यो काम त कार्यकारीको हो । यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ? कि धुमिल भएको छवि बचाउने प्रपन्च ?’, उनले लेखेकी छन् ।
प्रतिक्रिया