Logo

राजनीति

कांग्रेस केन्द्रीय बैठक अनिश्चित 



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चिकालिनका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएसँगै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द हुने भएको छ । 

पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस कोभिड१९  संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमिति बैठकबारे दिउँसो निर्णय हुनेछ ।

केहि नेताहरुको पीसिआर रिपोर्ट नआएको र अधिकाश नेताहरुको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै केन्द्रीय बैठक भर्जुल गर्नेबारेमा छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : आश्विन १८, २०७७ आईतबार  १२ : ४२ बजे