Logo

राजनीति

एमालेले आज पनि बोलायो स्थायी कमिटी बैठक, के छन् एजेण्डा ? 



नेकपा एमालेको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह ४ बजे बैठकमा बोलाइएको हो । 

वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १२ जनालाई मंगलबारको बैठकबाट कारबाही गर्ने भनिए पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली एकाएक ब्याक भएका थिए । सोमबार राति एमालेको दुबै समूहका दोस्रो तहका नेताहरको संवाद चलिरहेको र एकता जोगाउनका लागि उक्त कारबाहीलाई रोकिएको बताइएको थियो । 

बालुवाटारमा बुधबार बस्‍ने बैठकमा पनि एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने बताइएको छ । माधव नेपाल र भीम रावल लगायतका केही नेताबाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गरेर अघि बढ्ने विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

एकताकै लागि वातावरण बनाउन शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदमाथिको कारबाही समेत रोकिएको छ । एमाले नेपाल समूहले भने ओलीले पटक-पटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने र धोका दिने प्रवृति फेरि दोहोरिनसक्ने भन्दै मिल्‍ने कुरा त्यति सहज नभएको बताइरहेका छन् । 

फाइल तस्बिर ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ११:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।