आइतबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका ४ जना सचिवालय सदस्य र ठूलो संख्यामा सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पछि सचिवालय बैठक अनिश्चित भएको हो ।
यसअघि हिजो बस्ने भनिएको बैठक आज दिउँसो ४ बजे बस्ने गरी स्थगित गरिएको थियो । बैठकमा प्रधानमन्त्रीले गरेका राजनीतिक नियुक्ति, मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक आयोगमा नियुक्तिबारे छलफल गर्ने एजेण्डा तय गरिएको थियो ।
प्रतिक्रिया