Logo

राजनीति

देउवाले भने – तराई मधेसलाई मरुभूमि बनाउने षड्‌यन्त्र फिर्ता गर 



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाले बुधबार एक विज्ञप्ति वारी गर्दै भनेका छन्, “चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर व्यापार घाटा न्युन गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै हो ।” 

कांग्रेसले सरकारले विगतका गल्तीलाई सच्याएर अघि बढ्न निश्‍चित गरिएको नीतिकलाई विस्तापित गरेर पुन: दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती नभएको ठहर गरेको छ । कांग्रेसले भनेको छ, “प्रकृतिविरुद्धको अपराध र देशको तराई-मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।” 

कांग्रेसले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरि हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ । 

No description available.

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।