राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
“खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ” भन्ने सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको छ । यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ ।’- थापाले लेखेका छन् ।
अध्यक्ष थापा अगाडि लेख्छन्- ‘वातावरणीय सन्तुलन विगार्ने तथा तराईरमधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन ।’


















प्रतिक्रिया