सरकारले जारी गरेको नागरिकता अध्यादेश २०७८ विरुद्धका रिटमा सुनुवाइ गर्न इजलास गठन भएको छ । संवैधानिक इजलासमा सुनुवाइ हुने उक्त अध्यादेश विरुद्ध परेको ६ वटा रिटमा सुनुवाइ गर्न प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीश सम्मिलित इजलास गठन गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको इजलासका लागि न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई राखेको अधिवक्ता कृर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
वरियताका आधारमा खतिवडाभन्दा अघि पर्ने न्यायाधीश विश्वम्भरप्रसाद होम आइसोलेसनमा रहेका कारण खतिवडालाई समावेश गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोध) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।
प्रतिक्रिया