आजको दिनमा हामी नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारीहरुमा कोभिड १९ महामारीबाट नेपाली जनताले बेहोर्नु परेको अकल्पनिय पीडाको निराकरण ,संविधानको रक्षा ,लोकतान्त्रिक संस्थाहरुको क्षयीकरणलाई रोक्नुको साथै आफ्नो दलिय बैधानिकताको सुनिस्चितता गर्नु नै नेपाली जनताको लागि हितकर हुनेछ ।
यसर्थ लोकतान्त्रिक बिधि प्रक्रियालाई अनुसरण गर्ने र गराउने मुल दायित्वबाट काङ्ग्रेस अलग हुन सक्दै सक्दैन । ओलि कम्युनिस्ट सरकारको ज्यादतिपुर्ण रबैयालाइ यदि रोक्ने हो भने काङ्ग्रेसबाट मात्रै सम्भब छ । यो गहन दायित्वबाट काङ्ग्रेसले देशलाई बाहिर निकाल्नको लागि भुमिका पनि निर्बाह गर्नुपर्ने हुन्छ ।
बिश्वब्यापी महामारीबाट देशलाई काङ्ग्रेसले बाहिर निकाल्नका लागि सबै पक्षसंग सहकार्य गर्दै अगाडी बढनु पर्ने आबस्यकता छ । यसका अतिरिक्त असम्बैधानिक रुपले कुर्सीमा बसि रास्ट्रघाती काम गरिरहेको ओलि सरकारको प्रत्येक क्रियाकलापलाई निरन्तर रुपमा खवर्दारी र दबाब दिदै नेपाली जनतालाई यो महामारीबाट बचाउनु पनि छ ।
सहमती,सहकार्य र एकतालाई काङ्ग्रेसले मुल मन्त्रकोरुपमा लिइ आफ्नो घोषित राजनीतिक उदेश्य प्राप्तिका लागि खरो रुपले उत्रनै पर्छ ।
यो र त्यो बहाना गर्दै देशका जल्दाबल्दा समस्याको निराकरण गर्न र पार्टीको महाधिवेशन गर्न असमर्थ भयौ भने इतिहासले हामीलाई क्षमा दिने छैन । संकटको बेला आएको छ, हामी बिचमा बृहत एकताको आबस्यकता छ ।
(डा. डिला संग्रौलाको फेसबुकबाट साभार)

















प्रतिक्रिया