राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद् पदबाट मुक्त गरिएका कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले बिहीबार उनलाई कारबाही गर्दै सांसद् पद्बाट बर्खास्त गरेपछि उनले असंवैधानिक कारबाही खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएको सर्वोच्चमा सूचना अधिकारी किशोर पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार थापाले पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएकोमा उक्त रिटको पेशी आइतबारका लागि तोकिएको छ ।
उनको रिट शुक्रबार दर्ता भएको छ । रिटमा सांसद थापाले पद पुनर्स्थापना गर्न आदेश माग गरेका छन् । संसदीय दलको बैठक नबसी आफूलाई हटाउने कुरा असंवैधानिक भएको उनको तर्क छ ।
थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट मुक्त गरेको थियो । यसअघि उनलाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाट समेत हटाइएको थियो ।
फाइल तस्बिर ।

















प्रतिक्रिया